टिकेन शेयर बजारमा हरियाली, आज १७ अंकको गिरावट
वि.सं.२०७९ साउन २३ सोमवार १५:१५
4.88K
shares
shares

काठमाडौं, २३ साउन । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक १७ दशमलव ६७ अंकले घटेको छ ।
हिजो सामान्य अंकले बढेको नेपसे आज भने घटेको छ । सोमबार नेप्से परिसुचक शुन्य दशमलव ८३ प्रतिशतले घटेर २१०६ दशमलव १६ बिन्दुमा पुगेको हो ।
नेप्से पसिुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पन ३ दशमलव ४१ अंकले घटेको छ ।
आज दिनभर भएका ४४ हजार ५ सय ५३ कारोबारबाट २१४ कम्पनीका ६५ लााख २७ हजार ४ सय १४ कित्ता शेयर किनबेच भएका छन् ।
आज दिनभर भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ पुगेको छ ।















