Dhulikhel Eco Banner new

एमाले निकट पर्यटन व्यवसायी संगठन फुट्यो, सापकोटाले गरे विद्रोह

8.32K
shares

काठमाडौं, २८ साउन । एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन औपचारिक रुपमै विभाजन भएको छ । संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाको नेतृत्वमा एमाले निकट संगठन विभाजन भएको हो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनका सन्दर्भमा एमाले निकट पर्यटन व्यवसायी संगठनमा विद्रोह सुरु भएको थियो । एमालेका निकै प्रभावशाली मानिने सापकोटालाई संगठनका महासचिव यमबहादुर खड्काले कारबाही गरेको भन्दै विज्ञप्ति निकालेका छन् । खड्को विज्ञप्तिसँगै संगठन औपचारिक रुपमा फुटेको हो ।

टानको निर्वाचनमा सापकोटा नेतृत्वका व्यवसायीहरुले माओवादी निकट कमल सापकोटा नेतृत्वको प्यानललाई जिताउन भूमिका खेल्ने भएको छ । सापकोटाले घोषित रुपमै कमल सापकोटा प्यानललाई जिताउने उद्घाष गरेको छ ।

कमल सापकोटा समुहबाट वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे, सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सचिबमा हरि कडरिया सदस्यमा दोर्जे तामाङ, बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।