Dhulikhel Eco Banner new

शेयरधनीहरुलाई ५ वर्षभन्दा पुरानो लाभांश लिन नविल बैंकको अनुरोध

5.38K
shares

काठमाडौं, २९ साउन । नबिल बैंकले शेयरधनीलाई एक महिनाभित्र ५ वर्ष पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।

कतिपय शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले एक महिनाको समय अवधि तोकेर लिन अनुरोध हो ।

शेयरधनीहरूले शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश लिन सक्नेछन् ।

साथै तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जानकारी गराएको छ । नगद लाभांश लिन जाँदा शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लैजानुपर्नेछ ।