GBIME

विन्ध्यबासिनी हाइड्रोपावरले कमायो १३ करोड ६ लाख नाफा

834
shares

काठमाडौं, ३० साउन । विन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक चौथो त्रैमासको वर्षको वित्तीय विवरण सार्वननिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १३ करोड ६ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ६०.६५ प्रतिशतले बढ्न पुगेको हो । अघिल्लो आवको यसै अवधिसम्ममा कम्पनीले ८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी ४० करोड २ लाख ५४ हजार रुपैयाँ पुगेको छ यस्तो आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ८०.४५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २२ करोड १७ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२।६२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६२ पैसा पुगेको छ ।