Dhulikhel Eco Banner new

बैंकहरुको निक्षेप संकलन २५ अर्बले घट्दा कर्जा प्रवाह ९ अर्बले बढ्यो

5.14K
shares

काठमाडौं, ३० साउन । नेपालका बैैंकहरुमा पछिल्लो एक हप्तामा निक्षेप संकलनमा भारी गिरावट आएको छ । बैंकहरुमा एक हप्ताको अवधिमा २५ अर्बले निक्षेप संकलनमा गिरावट आएको हो ।

अघिल्लो हप्ता साउन २० गते ४४ खर्ब ४६ अर्ब निक्षेप संकलन रहेको बैंकहरुमा २७ गते आइपुग्दा ४४ खर्ब २१ अर्बमा झरेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्ष सूरु भएदेखि नै निक्षेप संकलन निरन्तर रुपमा घट्दै गएको छ ।

गत वर्षको अन्तिम महिना असार महिनाको अन्तिम दिनमा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेको बैंकमा अहिले आएर ४४ खर्ब २१ अर्बमा झरेको छ । यो अवधिमा १ खर्ब २० अर्बको निक्षेप संकलनमा गिरावट आएको छ ।

गत हप्ताको भन्दा कर्जा प्रवाह भने ९ अर्बले बढेको छ । साउन २० गतेको तथ्यांक अनुसार बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६६ अर्ब रहेको थियो भने २७ साउनमा कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब पुगेको छ । कर्जा प्रवाह असार महिनाकको अन्तिम दिन पनि ४१ खर्ब ७५ अर्ब नै रहेको थियो ।