गुरास लाईफले गर्यो लाभांश दिने घोषणा
वि.सं.२०७९ साउन ३१ मंगलवार १२:०१
4.67K
shares
shares

काठमाडौं, ३१ साउन । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनीको १८९ औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


















