वाई वाई ग्लोकल टीन हिरोका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा
वि.सं.२०७९ भदौ ४ शनिवार १४:०३
shares

काठमाडौं, ४ भदौ । वाई वाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।
देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो ।
यस वर्ष सेप्टेम्बर १, २०२२ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः
* आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
* विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
* दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
* निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
* राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
* सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२२ को बिजेता घोषणा गरिने छ ।यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक, विधुसी राणा, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुप का अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष,सौरभ ज्योति, रहनेछन् ।
सेप्टेम्बर १, २०२२मा वाई वाई ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सोल्टी होटेल काठमाडौँमा आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ ।














