Dhulikhel Eco Banner new

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्यो शैक्षिक सामाग्री वितरण

5.12K
shares

काठमाडौं, ५ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

बाकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेका छन् ।

यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गर्न गरिहेको प्रष्ट पार्दै सामग्री उपलब्ध गराउने भारतीय जनता र भारत सरकार एवम् वितरणको समन्वय गर्ने नीलप्रसाद सुवेदी तथा कार्यक्रममा उपस्थित बाह्रबिसे नगरका नगर प्रमुख लगायतलाई धन्यवाद दिए।

बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले परिषदको यो सेवा कार्यको उच्च प्रसंशा गर्दै शिक्षामा सेवा गरेकोमा परिषदलाई धन्यवाद प्रदान गरे ।

विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीले परिषदको यो कार्य आफ्नो विद्यालयमा गरेकोमा परिषदलाई धन्यवाद दिदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत, शारदा माध्यमिक विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदी, ४ नम्बर वाडा वाडाध्यक्ष शेखर बहादुर भण्डारी , बाग्मती प्रदेश सचिव सुरेन्द्र भट्टराई , त्रिभुवन विश्वविद्यालय इकाई समिति सह सचिव निरन्जन पाठक लगायतको उपस्थित रहेको थियो ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह ९कक्षा ११ र १२० क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ ।