Dhulikhel Eco Banner new

आइएमई पे र दराजबीच विशेष छुटको सम्झौता

32.12K
shares

काठमाडौं, ५ भदौ । आइएमई पे र दराजबीच दराज वालेट डेको लागि सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको आइएमई पेले जनाएको छ।

आइएमई पेका अनुसार प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत अर्थात ३५० रुपैयाँ सम्मको छुट पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ ।

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यस सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने कम्पनीले जनाएको छ ।