परराष्ट्रमन्त्रीको कार्यक्रममा बालबालिकाको प्रयोग
वि.सं.२०७९ भदौ ६ सोमवार १०:४४
shares

काठमाडौं, ६ भदौ । परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी कार्यक्रममा बालबालिको प्रयोग गरिएको छ । एक पुल उद्घाटन गर्न उदयपुर पुगेका परराष्ट्रमन्त्री खड्का सहभागी कार्यक्रममा १० वर्ष मुनिका धेरै बालबालिको प्रयोग गरिएको हो ।
मन्त्री खड्का आउने भएपछि स्थानीय विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरुलाई टन्टलापुर घाममा उभ्याइएको थियो । निर्धारित समयभन्दा ढिला गरेर कार्यक्रम स्थलमा खड्का पुगेका थिए ।

मन्त्री नपुगुञ्जेलसम्म बालबालिकाहरुलाई खुला आकासमुनी टन्टलापुर घाममा उम्भाइएको थियो । सर्वसाधारणको उपस्थिति कम देखिएपछि कांग्रेस–माओवादी लगायतका दलका नेताहरुले बालबालिकाहरुलाई भेला गराएका थिए ।
राजनीतिक कार्यक्रमहरुमा यसरी बालबालिको प्रयोग गर्न नपाइने कानूनी व्यवस्था छ । सत्तामै रहेका व्यक्तिले बालबालिका भेला पारेर कार्यक्रम गर्नु गलत भएको बालअधिकारकर्मीहरु बताउछन् ।

















