Dhulikhel Eco Banner new

प्रभु क्यापिटलले ल्यायो ग्राहकका लागि विशेष अफर

4.54K
shares

काठमाडौं, ६ भदौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । क्यापिटलले भाद्र १ गते प्रभु क्यापिटल तथा TRANQUILITY SPAका बीचमा समझौता गरेको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

यस योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा Prabhu Capital’s Digital APP Download गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक कनेक्ट गर्नुपर्छ । हितग्राहीले CHECK OUT ⁄ BILL PAYMENT गर्दा प्रभु क्यापिटलको Mobile App मा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । TRANQUILITY SPA को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।