Dhulikhel Eco Banner new

रिलायवल लाइफको बोनस दर सार्वजनिक, कति पाइन्छ बोनस ?

6.24K
shares

काठमाडौं, १० भदौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आथिर्क वर्ष २०७७र७८ को लागि बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको भदौ ८ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

त्यस अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

रिलायवल सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ५० रुपैयाँ देखि ७५ रुपैयाँ सम्म पाउनेछन् । सबै अवधिका रिलायवल लघु सवाधिक जीवन बीमालेखमा ३० रूपैयाँ बोनस पाउनेछन् ।

रिलायवल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) सबै अवधिहरुमा प्रतिहजार २५ रुपैयाँ निरर्धारण गरिएको छ ।

रिलायवल सुलभ जीवन बीमालेखमा २४ रुपैयाँ देखि ४० रुपैयाँसम्म, रिलायवल उच्चशिक्षा योजनामा न्युनतम ६० रुपैयाँ देखि ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ५० रूपैयाँसम्म बोनस दर कायम गरिएको छ ।

यस्तै रिलायबल सम्मुन्नती जीवन बीमा योजनाका सबै बीमा अवधिहरूमा २० रूपैयाँ, रिलायवल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० रुपैयाँ देखि ५५ रुपैयाँ सम्म बोनस पाउनेछन् ।