श्रृजनशील लघुवित्तको पहिलो दिन नै १२ गुणा बढी आवेदन
वि.सं.२०७९ भदौ १५ बुधवार १८:३४
shares

काठमाडौं, १५ भदौ । आईपीओ बिक्री गरेको पहिलो दिन नै श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १२.९८ गुणाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज बुधबार साँझ ५ बजेसम्ममा ४ लाख २६ हजार ९९२ जना आवेदनबाट ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ बराबरको ४७ लाख ८४ करोड ८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
लघुवित्तले भदौ १५ गतेदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आइपीओ तथा प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेको हो ।

















