Dhulikhel Eco Banner new

सुधारिएन शेयर बजार, आज १९७२ बिन्दुमा परिसुचक

4.24K
shares

काठमाडौं, १६ भदौ । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक १ दशमलव शुन्य ८ प्रतिशतले ओरालो लागेको छ ।

आज बिहीबार नेप्से परिसुचक शुन्य दशमलव शुन्य पाँच प्रतिशतले घटेर १९७२ दशमलव २९ बिन्दुमा आजको परिसुचक रहेको हो ।

नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ६६ अंकले ओरालो लागेको छ ।

आज दिनभर भएका २९ हजार १ सय ६२ कारोबारबाट २२५ कम्पनीका ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ पुगेको छ ।