महानगरले हटायो अनाधिकृत होडिङ बोर्ड
वि.सं.२०७९ भदौ १६ बिहीवार १५:४९
shares

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएको होडिङ बोर्ड हटाउन थालेको छ ।
पछिल्लो समय अनुमति नलिइ चोक चोकमा होडिङ बोर्ड राख्न थालेपछि महानगरले एक्सन लिएको हो ।
हालै काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । उक्त डिजिटल होर्डिङ बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन निर्देशन दिएको छ ।
वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।
बिहिबार उक्त होडिङ हटाइएको हो । केही समययता त्रिपुरेश्वरसँगै कोटेश्वर, बानेश्वर, माइतीघरलगायतको क्षेत्रमा डिजिटल होडिङ बोर्ड जडान गर्ने लहर नै चलेको थियो।
मुख्य सडकको भवनमा ठूलो डिजिटल बोर्ड राखिएकाले सवारी चालकको ध्यान अन्यन्त्र मोडिने हुँदा दुर्घटनाको जोखिम समेत हुने गरेको थियो ।









