महंगियो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ भदौ १९ आइतवार १२:०२
shares

काठमाडौं, १९ भदौ । साताको पहिलो दिन,सुनचाँदीको मूल्य वृद्धि भएको छ । आइतबार सुन तोलामा ६०० रुपैयाँले महंगिएको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा र ९३ हजार १०० रुपैयाँमा पुगेको छ ।
शुक्रबार भने सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । त्यस दिन सुन प्रतितोला ९३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्य निरन्तर दोश्रो दिन पनि महंगिएको छ । आइतबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ११० रुपैयाँमा किनबेच हुँदैछ ।

















