Dhulikhel Eco Banner new

चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भदौ ३१ गतेबाट

5.45K
shares

काठमाडौं, २१ भदौ । प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भदौ ३१ गतेबाट सुरू हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका(७ चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू महांकाल ब्याडमिन्टन कभर्ड हलमा असोज ३ गतेसम्म सञ्चालन हुनेछन् ।

चन्द्रागिरि नगरमै पहिलोपटक हुन लागेको सो प्रतियोगितामा पुरूष एकल ९शीर्ष २००, महिला एकल (शीर्ष २०), पुरूष एकल (शीर्ष २० बाहेक), महिला एकल (शीर्ष २० बाहेक), पुरूष युगल खुल्ला (शीर्ष २० बाहेक), पुरूष युगल ४५ वर्षमाथि र पुरूष युगल चन्द्रागिरि वडास्तरीय विधामा प्रतिस्पर्धा गराइने आयोजक महांकाल कभर्ड हलका अध्यक्ष देवेन्द्र महतले जानकारी दिए ।

प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले ३० हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडीले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको पुरूष तथा महिला एकलतर्फ बाहेकका विधाका विजेताले नगद ३० हजार रूपैयाँ, उपविजेताले २५ हजार रूपैयाँ तथा तेश्रो स्थान हासिल गर्ने खेलाडी तथा जोडीले १० हजार रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि भदौ २५ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ ।