बढ्यो सुनचाँदीको भाउ, कति छ बजार मूल्य ?
वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:०४
4.13K
shares
shares

काठमाडौं, २४ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै चाँदी १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज ११ सय ५० रुपैयामा कारोबार भैरहेको छ ।
बिहिवारका दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले बढेको थियो ।

















