चोलेन्द्रको छोरीका नाममा २१ दिने सूचना– ऋण नतिरे घरजग्गा लिलामी
वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:५७
shares

काठमाडौं, २४ भदौ । महाभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्याधीस चोलेन्द्र शसमेर जबराकी छोरीले ऋण लिएर नतिरेको पाइएको छ । चोलेन्द्रकी छोरी सृष्टी राणा रावलले ललितपुरको लालिगुराँस बहुदेश्यीय सहकारी संस्थाबाट ऋण लिएकी थिइन् ।
लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी समेत नगरेको भन्दै सहकारीले २१ दिनभित्र ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ । शुक्रबार पत्रिकामा सृष्टिको तीन पुस्ते विवरण छपाएर ऋण चुक्ता गर्न २१ दिने अल्टिमेटम दिइएको हो ।
यो ऋणको जमानीकर्ता भने पूर्व गभर्नर तिलक रावलका छोरा अर्थात सृष्टिका श्रीमान विनय रावल नै थिए । जमानीकर्ताको समेत तीन पुस्ते विवरण छपाएर सहकारीले ऋण तिर्न अल्टिमेटम दिएको हो । पूर्व गभर्नर रावल पनि भ्रष्टाचार अभियोजमा मुद्दा खेपेका व्यक्ति हुन् । यद्यपि, उनले सफाई पाइसकेका छन् ।
आफ्नै श्रीमानलाई जमानी राखेर सृष्टिले व्यापारीक कर्जा लिएकी थिइन् । तर लामो समयदेखि उनले शक्तिका आडमा संस्थाको साँवा तथा ब्याज तिरेकी थिइन् । बुवा चोलेन्द्रलाई महाभियोग लागे पछि सहकारीले पनि आफ्नो पावर देखाउन सुरु गरेको छ । २१ दिनभित्र कर्जा चुक्ता नगरेर घरजग्गा लिलाम गर्ने चेतावनी समेत सहकारी दिएको छ ।

















