सुनको भाउ घट्यो, चाँदीमा भने स्थिरता
वि.सं.२०७९ भदौ २७ सोमवार ११:३१
4.1K
shares
shares

काठमाडौं, २७ भदौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदीको मूल्य स्थिर रहेको छ ।
चाँदी प्रति तोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

















