Dhulikhel Eco Banner new

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

4.86K
shares

काठमाडौं, २ असोज । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।