फेरि घटयो सुनको मूल्य
वि.सं.२०७९ असोज ५ बुधवार १२:०५
3.33K
shares
shares

काठमाडौं, ५ असोज । आज बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार १७० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।















