Dhulikhel Eco Banner new

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक सुरु

4.12K
shares

काठमाडौं, ५ असोज । नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक सुरु भएको छ । शुक्रबारसम्म सल्ने बैठक काठमाडौंमा आजदेखि सुरु भएको हो ।

बैठकमा मुख्य गरी तीन वटा समस्याका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पञ्चेश्वर बहुउदेश्यीय परियोजना, महाकाली नदीको पानीको बाँडफाँड र सप्तकोशी उच्च बाँध परियोजनाका विषयमा छलफल हुने बताइएको छ । यसका साथै गण्डक, दोधारा चाँदनी, नदी नियन्त्रण, तटबन्ध निर्माण लगायतका मुद्दामा छलफल हुने जनाइएको छ ।

तीन दिन चल्ने उक्त बैठकमा पहिलो दुई दिन सह–सचिवस्तरीय प्राविधिक समिति (जेएसटीसी) को बैठक हुनेछ । सो बैठकमा पञ्चेश्वरका टुंगो लाग्न बाँकी मुद्दा, महाकाली नदिको पानी नेपाली भूमिमा आपूर्ति व्यवस्थापन र सप्तकोशी उच्च बाँध परियोजना बारे छलफल हुनेछ । सो समितिले तय गरेका निष्कर्षलाई शुक्रबार बस्ने सचिवस्तरीय समिति (जेसीडब्लुआर) को नवौं बैठकले अन्तिम निष्कर्षमा पु¥याउने छ । सो बैठकमा नेपाली समूहको नेतृत्व जलस्रोत सचिव सागर राइले गर्दैछन् ।