Dhulikhel Eco Banner new

‘बैंकले अत्याचार गरे, खाता बन्द गरेर सबै पैसा निकाल्नुपर्छ’

10.43K
shares

काठमाडौं, ११ असोज । नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवालले बैंकहरुले ब्याजदर बढाएर आतंक मच्चाउन खोजेको अरोप लगाएको छन् । लामो समयसम्म कोरोनाका कारण थला परेको उद्योग व्यवसायहरुलाई फेरि बैंकहरुले ब्याजदर आतंक फैलाएको पूर्व अध्यक्ष कटुवालले बताएका हुन् ।

बैंक्हरुको यहीँ तरिका रहे भोलिका दिनमा व्यवसायीहरुले बचत खाताहरु बन्द गर्नु पर्ने दिन आउन सक्ने उनले बताएका छन् । ‘बैंकहरुले अति नै गरिसकेँ, यस्तो बेलामा पनि ब्याजदर बढाएर मानसिक तनाब दिएका छन्’ केटिएम भ्वाइससँगको कुराकानीमा कटुवालले भने, ‘यहीँ अवस्था रहे भोलि सबै बैंक खाता बन्द गरेर पैसा निकाल्नु पर्ने अवस्था आउने बताए ।’

पूर्व अध्यक्ष कटुवालले बैंकहरुले उद्योगी व्यवसायीहरुको समस्यालाई नजरअन्दाज गरेको भन्दै सरकार र केन्द्रीय बैंकले सार्थक पहल लिएर हस्तक्षेप गर्नुपर्ने समेत बताएका छन् । बैंकहरुले लगातार ब्याज बढाइ रहे उद्योग व्यवसायहरुमा ताला लगाएर धेरै युवाहरु खाडी जान बाध्य हुने उनले बताए । यसका लागि राष्ट्र बैंकले ब्याजदर नियन्त्रणका लागि हस्तक्षेप जरुरी रहेको उनले बताए ।