सुनसान काठमाडौं (फोटो फिचर)
वि.सं.२०७९ असोज १८ मंगलवार ०९:१७
6.11K
shares
shares

काठमाडौं, १८ असोज । दशैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ । कोरोना भाइरसको महामारीका कारण दुई वर्षसम्म राम्ररी दशैँ मान्न नपाएका कारण पनि यसपालि दशैँ मनाउने उत्साह धेरै छ ।
यसपालि झण्डै २० लाख मानिसले काठमाडौं उपत्यका छोडेका अनुमान छ । उपत्यकाका सडकमा गाडीको संख्या पनि घटेको छ । सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन् । धेरैजसो पसल बन्द भएका छन् । गाडीको चाप घटे पछि काठमाडौंसँग जोडिएका नाका पनि सुनसान रहेका छन् ।























