माओवादी अध्यक्ष दाहालले गोरखाबाट उम्मेदवारी दर्ता गर्ने
वि.सं.२०७९ असोज २३ आइतवार १२:२२
shares

काठमाडौं, २३ असोज । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने भएका छन् । उम्मेदवारी दर्ताका लागि अध्यक्ष दाहाल पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेता तथा कार्यकर्ता गोरखा प्रस्थान गरिसकेका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका लागि उम्मेदवारी दर्ता गराउन अध्यक्षलगायतको टोली गोरखा प्रस्थान गरिसकेको जानकारी दिए ।
माओवादीले अध्यक्ष दाहाललाई गोरखाबाट उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको हो । यसअघि उनि निर्वाचित भएको चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई उम्मेदवार बनाइएको छ ।



















