Dhulikhel Eco Banner new

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

3.81K
shares

काठमाडौं, २ कात्तिक। आज बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ  ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २ सय रुपैयाँ छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदीको मूल्य घटेर प्रतितोला ११७५ रुपैयाँ मूल्यमा कारोवार भैरहेको छ  । हिजो चाँदीको मूल्य प्रतितोला १२८० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलवार सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।