Dhulikhel Eco Banner new

बरुण हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलामीमा

4.72K
shares

काठमाडौं, १४ कात्तिक । बरुण हाइड्रोपावरले आजदेखि हकप्रदमा अवितरित शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि आरविवि मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ ।

लिलामीको शेयरमा आरविवि मर्चेन्ट बैंकिंङको कार्यालय टेकु र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु विरगञ्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, बाग्लुङ्ग बजार–बाग्लुङ्ग, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, विर्तामोड–झापा, हेटौडा–मकवानपुर, तुल्सीपुर–दाङ्ग, महेन्द्रनगर–कञ्चनपुर, विराटनगर–मोरङ र क्षेत्रीय कार्यालय–पोखराबाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम १क् सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ।

सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँट हुने छ ।