GBIME

नेप्से परिसुचक १६ अंकले बढ्दा कुन कम्पनीले कति कमाए ?

852
shares

काठमाडौं, १४ कात्तिक । तिहारपछिको आज पहिलो कारोबारमा नै शेयर बजारमा हरियाली छाएको छ ।

आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३९ अंकले बढेर १,८७४ दशमलव ८७ को विन्दुमा कायम भएको छ ।

आज ११० कम्पनीको शेयर मुल्य बढेको छ भने ६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज विकास बैंक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको २ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।