६ जनामा कोरोना संक्रमण ३६ जना संक्रमण मुक्त
वि.सं.२०७९ कात्तिक १४ सोमवार १७:३१
5.12K
shares
shares

काठमाडौं, १४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



















