Dhulikhel Eco Banner new

राष्ट्र बैंकले १८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै

5.6K
shares

काठमाडौं, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले १८ अर्ब बढी ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज कार्तिक २१ गते सोमबार १८ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब १० करोडको ट्रेजरी बिल, र १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

यो पुरानो ट्रेजरी बिलको नवीकरण हो । राष्ट्र बैंकले यस अघि जारी गरिएको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ ।