Dhulikhel Eco Banner new

पहिलो त्रैमासिकमा १२ लघुवितको नाफा घट्यो, २ कम्पनी नोक्सानीमा

9.37K
shares

काठमाडौं, २४ कात्तिक । देशभर सञ्चालनमा रहेकामध्ये १८ वटा लघुवित्त कम्पनीहरुले आफ्नो पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेकामध्ये १२ वटा कम्पनीको नाफा घटेको छ भने ४ वटा कम्पनीको नाफा मात्रै बढेको छ । दुई वटा कम्पनीले भने नोक्सानी वेहोरेका छन् ।

पहिलो त्रैमासिकमा १६ वटा लघुवित्त वित्तीय संस्थाले ६३ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चार वटा कम्पनीले मात्रै नाफा वृद्धि गरेका छन् । नाफा बढाउन सफल लघुवित्त संस्थाहरुमा नेष्डा समिृद्धि, छिमेक, फस्र्ट माइक्रो फाइनान्स र उपकार लघुवित्त रहेका छन् । गत आर्थिक वर्षको तुलनामा फस्र्ट माइक्रो फाइनान्स लघुवित्तले ६१.७९ प्रतिशतले नाफा बढाएको छ । तयस्तै नेष्डो समृद्धिले ११.३० प्रतिशत, उपकार लघुवित्तले ३.८९ प्रतिशत र छिमेक लघुवित्तलले ५३.७१ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वितीय विवरण सार्वजनिक गरेका लघुवित्तमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ । छिमेकले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख ८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा छिमेकको नाफा २१ करोड ४१ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

अपरिष्कृत वितिय विवरण अनुसार एनआइसी एशिया लघुवित्त, सिवाईसी लघुवित्त, आर्दश लघुवित्त, महुलि लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, सिभिल लघुवित्त, समिट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, आधिखोला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त र कालिका लघुवित्तको नाफा घटेको हो ।

गत आवको सोही अवधिको तुलनामा एनआईसी एशिया लघुवित्तको नाफा ६८.१८ प्रतिशत, सिवाइसी लघुवित्तको नाफा ४४.७३ प्रतिशत, महुलि लघुवित्तको नाफा ७८.२७ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको नाफा ५८.१५ प्रतिशत, सिभिल लघुवित्तको नाफा ४९.४९ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको नाफा ६९.४६ प्रतिशत, आर्दश लघुवित्तको ४७.८३ प्रतिशतल, समिट लघुवित्तको नाफा ५२.८१ प्रतिशत, आधिखोला लघुवित्तको नाफा ७८.७१ प्रतिशत, आशा लघुवित्तको ६३.७५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ५५.०५ प्रतिशत र कालिका लघुवित्तको नाफा ७२.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नोक्सानी वेहोर्नेमा ग्रामिण विकास लघुवित्त र गुराँस लघुवित्त रहेका छन् । ग्रामिण लघुवित्तले १ करोड १८ लाख ३५ हजार रुपैयाँ नोक्सानी वेहोरेका छ । त्यस्तै गुराँस लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी वेहोरेका छ ।