Dhulikhel Eco Banner new

कृति भेन्चर फण्डको साधारणसभा मंसिर १९ गते, के-के छन् एजेण्डा ?

4.8K
shares

काठमाडौं, २७ कात्तिक । कृति भेन्चर फण्ड लिमिटेडको छैटौं वार्षिक साधारणसभा मंसिर १९ गते हुने भएको छ । कम्पनीले टाइम स्क्वायर रेष्टुरेन्ट बालुवाटारमा दिउँसो १ बजे साधारणासभा गर्ने भएको हो ।

उक्त सभाले विशिष्ट प्रस्ताव अन्तर्गतको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्न स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।