GBIME

समृद्धि फाइनान्सले हकप्रद शेयर बिक्री गर्दै

846
shares

काठमाडौं, २८ कात्तिक । समृद्धि फाइनान्स कम्पनीले हकप्रदमा अवितरित संस्थापक शेयर यहि मङ्सिर १ देखि लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ७ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा मङ्सिर १५ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ ।

सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ । लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । यस लिलामीको शेयरमा जो कोहि व्यक्ति तथा संस्घसंस्थाले आवेदन दिन सक्ने छन् ।

कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वित्तीय विवरण, कम्पनीको आयस्रोत खुल्ने कागजात, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

साथै उक्त संस्था नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशन अनुसार संस्थापक शेयर खरीद गर्न योग्य हुनुपर्नेछ। यस लिलामीको शेयरमा जो कोहि व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने छ । आवेदन दिनका लागि यस शाखाहरु वा यसको केन्द्रीय कार्यलयबाट आवेदन दिन सकिने छ ।