Dhulikhel Eco Banner new

एक दर्जन बढी स्थानमा मतदान स्थगित

5.33K
shares

काठमाडौं, ४ मंसिर । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको जारी मतदान शान्तिपूर्ण भइरहेको छ । केही मतदान केन्द्रहरुमा भने सामान्य अवरोध देखिएको छ । केही समस्याहरु देखिएपछि एक दर्जन बढी मतदान केन्द्रहरुमा मतदान स्थगित भएका छन् ।

बाजुराको मात्रै ७ वटा मतदानस्थलको मतदान कार्य स्थगित छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदानस्थलको मतदान रोकिएको छ ।

हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं। ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् । यस ठाउँहरुमा पनि मतदान स्थगित भएको छ । यसबाहेक कास्की, रौतहट, मोरङको बुढीगंगा लगायतका केही स्थानहरुमा पनि केहीबेर मतदान अवरुद्ध भएका थिए ।