Dhulikhel Eco Banner new

कालिञ्चोक दर्शनले मंसिर १४ बाट आईपीओ जारी गर्दै

5.01K
shares

काठमाडौं, ६ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी  ६० करोडको २ प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दामा निष्कासन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात  १० करोड ८० लाख बराबरको १० लाख शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्नेछ ।

आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म विक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने मंसिर २८ गतेसम्म मात्र आवेदन दिनुपर्नेछ ।

दुबै समूहका लगानीकर्ताका लागि यो आईपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।