Dhulikhel Eco Banner new

जन्मदिनमा छाेरालाई महालक्ष्मी लाइफकाे बीमा पाेलिसी उपहार

7.84K
shares

काठमाडौं, ६ मंसिर । कुनै पनि आमा बुबाले आफ्नो छोरोछोरीको जन्मदिनमा केक काट्ने अनि उपहार दिने सामान्य प्रक्रिया हो । उपहारमा बच्चालाई खेलौना, कपडा, साइकल लगायत वस्तु उपहार दिने गर्दछन् ।

तर काठमाडौंकी एक आमाले आफ्नो छोराको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । काठमाडौंकी सुनिता खतिवडाले आफ्नो छोरोको जन्मदिनको अवसरमा १९ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी हुन् ।

उनले महालक्ष्मी लाइफ इन्स्योरेन्सको चावहिल शाखाबाट छोरा अरुण खतिवडालाई बीमा पोलिसि उपहार दिएकी छन् ।