Dhulikhel Eco Banner new

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

3.43K
shares

काठमाडौं, ८ मंसिर । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएका छन् ।

निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ । उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिए। नेकपा एमाले पोलिटब्यूरो सदयसमेत रहेका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गरेका छन् ।