बारा ४ मा पूर्व श्रममन्त्री किसन श्रेष्ठ विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:५५
shares

काठमाडौं, ७ मंसिर । बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ ‘किसन’ विजयी भएका छन् । श्रेष्ठ १० हजार ६६ मतान्तरसहित विजयी भएका हुन् ।
श्रेष्ठले २९ हजार ५ सय ५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार एकवाल मियाँले १९ हजार ४ सय ३० मत प्राप्त गरे । श्रेष्ठ पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत हुन् ।
तनहुँका श्रेष्ठले अघिल्लो चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई पारजित गरेका थिए । यसपालिको चुनावमा उनले तनहुँ छाडेर बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका थिए ।















