Dhulikhel Eco Banner new

पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

7.02K
shares

काठमाडौं, ७ मंसिर । पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव विजयी भएका छन् । एमालेको सहयोग पाएका यादवले स्वतन्त्र उम्मेदवार अयज कुमार सुवेदीलाई पराजित गरेका हुन् ।

जसपाका यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार सुवेदीले २० हजार ९१७ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार बनेका लोसपा नेता लक्ष्मणलाल कर्णले १ हजार ११७ मत पाएर चौथो स्थानमा सिमित भए । कर्णभन्दा बढी राप्रपाका किरण मान डंगोल २ हजार ६५९ मत ल्याएका छन् ।