निफ्राको साधारणसभा भालि, केके छन् प्रस्ताव ?
वि.सं.२०७९ मंसिर ९ शुक्रवार १३:३२
shares

काठमाडौं, ९ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चौथो वार्षिक साधारणसभा भोलि शनिवार हुँदैछ ।
सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे शुरु हुने जानकारी दिएको हो । सभाले ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १ गते बुक क्लोज गरिसकेको छ ।
यस आधारमा कात्तिक ३० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

















