Dhulikhel Eco Banner new

न्याय नपाएको भन्दै सर्वोच्चअघि प्रदर्शन

4.17K
shares

काठमाडौं, १३ मंसिर । केही महिनाअघि जिल्ला अदालत रामेछापबाट सम्बन्ध विच्छेद भएकि बिनु यादवले आज काठमाडौंको सर्वोच्चको अगाडि रहेको साइनबोर्डमा रातो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी छन् ।

आफूले न्याय नपाएको भन्दै विरोध स्वरूप बिनु यादवले सर्वोच्चको अगाडि उक्त  प्रदर्शन गरेकी हुन् ।

यादवले जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको सार्वजनिक रूपमा भन्दै आएकी छिन् । यादवले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आज सर्वोच्च अदालत अघि प्रदर्शन गरेकी हुन ।