GBIME

शेयर बजारमा झिनो अंकको वृद्धि, १ अर्ब ५६ करोडको कारोबार

1.19K
shares

काठमाडौं, १८ मंसिर । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक २ दशमलव १६ अंकले बढेको छ । आइतबार नेप्से परिसुचक शुन्य दशमलव १६ प्रतिशतले बढेर १९६२ दशमलव २२ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १७ अंकले बढेको छ । आज दिनभर भएका २६ हजार १ सय ५० कारोबारबाट २४३ क्मपनीका ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ५६ करोड १७ लाख २ हजार ९सय ९२ पुगेको छ ।