Dhulikhel Eco Banner new

५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै निफ्रा

5.16K
shares

काठमाडौं, २० मंसिर । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता उर्जा ऋणपत्र जारी गर्न लागेको हो ।

५० लाख कित्ता मध्ये ३० लाख कित्ता व्यक्तिगत तबर अर्थात् प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि हुने छ भने बाँकि २० लाख कित्ता सर्बसाधारणहरुको लागि निष्काशन हुने छ । सर्बसाधारणलाई छुट्याईएको २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

लगानीकर्ताले यस ऋणपत्रमा छिटोमा पुस ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्ने छन् । ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकले उर्जा ऋणपत्र निष्काशन गर्न लागेको हो ।