Dhulikhel Eco Banner new

नाडेप लघुवित्तको २ वर्षपछि शेयर कारोबार फुकुवा

5.03K
shares

काठमाडौं, २० मंसिर । नेपाल स्टक एक्सचेन्जले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा भएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो ।

सोही अनुसार यी कम्पनीको शेयर भोलि बुधवार देखि कारोबारमा आउनेछन् । यस नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गाभ्ने सम्झौता पछि २०७७ पुस १७ गते देखि कम्पनीको शेयर कारोबार रोक्का थियो ।

यस आधारमा कम्पनीको शेयर करीब २ वर्ष पछि कारोबारमा आउने भएको छ ।