GBIME

‘आयात रोक्ने हल्लाले कालोबजारी बढ्ने खतरा बढ्यो’

2.88K
shares

काठमाडौं, २३ चैत । राष्टिय व्यापारका संघका महासचिव बैकुण्ठ दाहालले आयात रोक्ने हल्लाले कालोबजारी बढ्ने खतरा बढेको बताएका छन् । नेपाल राष्ट्र बैंकले बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ ।

राष्ट बैंकको यो निर्देशनले कालोबजारी बढ्ने चिन्ता बढेको महासचिव दाहालले बताएका हुन् । ‘यस्तो हल्लाले पैसा हुनेले सामान ल्याएर थुपार्छन्, पैसा नहुनेले थुपार्न सक्दैनन्’ केटीएम भ्वाइससँग कुरा गर्दै उनले भने, ‘सञ्चारमाध्यममा आएक विभिन्न समाचारहरुले समेत आतंक सिर्जना गरेको उनले बताए ।’ अनावश्यक विभिन्न नीतिहरु भन्दा पनि स्वदेशी उत्पादनहरु बढाउने र नेपाली युवाहरुलाई नेपालमै बसेर गरिखाने वातावरण बनाउनुपर्छ ।