हिमाल वाटरपार्क होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
वि.सं.२०७९ मंसिर २१ बुधवार १८:०८
shares

काठमाडौैं, २१ मंसिर । एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडका (क्लार्क रिसोर्ट, बिरगञ्ज) तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका छन् ।
उक्त समारोहमा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रा.लि.का (क्लार्क रिसोर्ट, बिरगञ्ज) तर्फबाट नायव महा प्रबन्धक राजेश रञ्जनको पनि उपस्थिती थियो ।
यस होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिल कुमार खेतानले गरेका हुन् । यस होटलको संरचना १२२,४३०.४८ वर्ग फिटमा फैलिएको छ । सन् २०७३ देखि यस होटलको निमार्ण कार्य सुरु भएको थियो भने अहिले उक्त होटलको निमार्ण कार्य भईसकेको छ ।
हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) भारतको एक प्रसिद्घ होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तराष्ट्रिय होटल चेन हो ।
क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामामा पनि विभिन्न होटलहरु संचालन गरिसकेको छ ।
उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज)लाई सर्वसाधारण सेयर निष्काशन पूर्व, निष्काशनको अवधीमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदन गर्नेछ ।
पहिलो चरणमा कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ ।
सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ र सेयर निष्काशन पश्चात, एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडको (क्लार्क रिसोर्ट, बिरगञ्ज) शेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्ने जानकारी गराएको छ ।


















