Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

3.63K
shares

काठमाडौं, २२ मंसिर । सिद्धार्थ बैंक लिमिटेड १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।