Dhulikhel Eco Banner new

नाडा अटोमोबाइल्स व्यवसायीद्वारा माइतीघरमा विरोध प्रदर्शन, दोस्रो आन्दोलन गर्ने तयारी

6.49K
shares

काठमाडौं, २२ मंसिर । नाडा अटोमोबाइल्स एसोसियसनले बिहिबार माइतीमण्डलामा विरोध प्रदर्शन गरेको छ । विभिन्न निजी व्यवसायका व्यवपारीहरुसंगको सहकार्यमा नाडाले ११ बजेदेखि  माइती मण्डलामा शान्तिपूर्ण विरोध गरेको हो ।

सरकारले ८ महिना अघिदेखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि अझै व्यवसाय गर्न सक्ने वातावरण नबनेकाले आन्दोलन जारी राखिने नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले बताए ।

‘आयात खुला भएपनि व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन’ नाडाका अध्यक्ष थापाले भने, ‘व्यवसायिक वातावरण निर्माणका लागि दबाब दिन हाम्रो आन्दोलन निरन्तर जारी नै रहनेछ ।’

अध्यक्ष थापाले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग यथावत रहेको बताए ।