Dhulikhel Eco Banner new

यो साता नेप्से परिसुचक ४३ अंकले घट्यो, अर्को साता के होला ?

7.37K
shares

काठमाडौं, २४ मंसिर । यो साता नेप्से परिसुचक ४३ अंकले घटेको छ । गत साता १९६१.०६ विन्दुमा बन्द भएको थिाये भने यो साता २.२३ प्रतिशतले घटेर १९१७.२८ विन्दुमा झरेको छ ।

बजार खुलेका ४ कारोबार दिनमध्ये ३ कारोबार दिन घटेसँगै, नेप्सेले सो बराबरको अंक गुमाएको हो । गत साता पहिलो कारोबार दिनबाहेक अरु सबै कारोबार दिन बजार ओरालो लागेको थियो ।

गत साता सेन्सेटिभ इण्डेक्स १०.०२ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा १ अर्ब ३३ करोडको शेयर कारोबार भएको बजारमा यस साता १ अर्ब ४६ करोडको शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, यस साता दैनिक औषत कारोबार संख्या र कारोबार भएको शेयरसंख्या पनि बढेको छ । अघिल्लो सातामा २३६ कम्पनीको मात्र कारोबार भएकोमा यस साता भने २४२ कम्पनीको कारोबार भएको छ ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी घटेको छ । गत साता २८ खर्ब २० अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता ५९ अर्ब रुपैयाँ घटेर २७ खर्ब ६१ अर्बमा सीमित भएको छ ।